Trending
>>   राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे >>   जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ >>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’ >>   पतञ्जली जग्गा सट्टापट्टा प्रकरणः माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   संसद अब त खुल्नुपर्ने होः सभापति देउवा >>   ‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गर्दै गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताउदै गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको जिकिर गरेका छन् । सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरुले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ । उहाँले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानून निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भुमिका खेल्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले गैरआवासीय नेपाली नागरिकता त वितरण गरिरहेका छौँ । तर हामीले गैरआवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागकिरता नागरिकता जस्तैको अनुभव गर्न पाउनुभएको छैन साथीहरुले । मैले बुझेको । हुन त पाइसक्नुभएका साथीहरुले कस्तो अनुभव गर्नुभएको छ आफ्नो ठाउँमा होला । तर मैले बुझ्दै गर्दा अनुभव गर्दाखेरी जसले गैरआवासीय नागरिकता लिइसक्नुभएको छ उहाँहरुले त्यसको खासै अनुभव गर्न पाउनुभएको छैन व्यवहारमा । किनभने उदाहारणका लागि गैरआवासीय नागरिकता लिनु हुन्छ अनि यहाँ एउटा टुक्रा जग्गा लिनुपर्यो भने त्यो नागरिकताले काम गर्दैन, त्यसमा परराष्ट्र मन्त्रालय जाउ, भूमिसुधार मन्त्रालय जाउ भन्छ । अनि कहाँ घुम्ने हो ? एक टुक्रा जग्गा लिन त यति दुःख हुन्छ भने ठूलो उद्योग खोल्न खोज्यो भने के होला हालत ? हामी भन्छौँ गैरआवासीय नेपालीलार्य यहाँ आउनुहोस् उद्योग धन्दा खोल्नुहोस् तर अर्कोतिर समस्या छ । सानोतिनो काम गर्न पनि उताबाट यता जाउँ भान्छ यताबाट उता जाउ भन्छ । त्यसकारण यस्ता विषयहरु पनि यहाँ निश्चित रुपमा छलफल हुनेछ । हामीले गैरआवासीय नेपालीहरुलाई लगानीमैत्री वातावरण बनाउनु आवश्यक छ हामीले । लगानीमैत्री कानून बनाउन कुनकुन कहाँ छलफल गर्नुपर्ने हो गरौँ ।’

उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानून निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?