Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौती दिन खोजेका छन्, हामी जवाफ दिन्छौँः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताएका छन् ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताउदै अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनीहरूले गरेको अपराधमाथि प्रश्न नउठाएको र छानबिन अझै नगरेको बताउदै राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केही नहुँदा यस्तो अराजक मच्चाउनेहरूले कदम कदाचित शासन चलाए के हुँदो हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, “यिनले गरेका अपराधहरूमा हामीले अझै छानबिन गरेका छैनौँ, अझै प्रश्न उठाएका छैनौँ । यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुँदा त त्यस्तो छ, यस्ता मान्छेहरू कदम कदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त । यस्ता कुरामा हामी शतर्क हुनुपर्छ । हाम्रो संस्कृति बिगार्न खोजका छन् । सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न खोजेका छन् । समाज भत्काउन, बिगार्न र समाजलाई विकृत बनाउन खोजेका छन् । हाम्रो सभ्यता माथि चुनौती दिन खोजेका छन् । हामीले यी चुनौतीलाई स्वीकार गरेर त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । हामी जवाफ दिन्छौँ ।”

प्रधानमन्त्री ओलीले राजावादीहरूले राम्रो सहन नसक्ने र विरोध गरिहाल्ने बताउँदै यस्ता विषयमा सचेत हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?