Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौती दिन खोजेका छन्, हामी जवाफ दिन्छौँः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताएका छन् ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताउदै अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनीहरूले गरेको अपराधमाथि प्रश्न नउठाएको र छानबिन अझै नगरेको बताउदै राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केही नहुँदा यस्तो अराजक मच्चाउनेहरूले कदम कदाचित शासन चलाए के हुँदो हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, “यिनले गरेका अपराधहरूमा हामीले अझै छानबिन गरेका छैनौँ, अझै प्रश्न उठाएका छैनौँ । यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुँदा त त्यस्तो छ, यस्ता मान्छेहरू कदम कदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त । यस्ता कुरामा हामी शतर्क हुनुपर्छ । हाम्रो संस्कृति बिगार्न खोजका छन् । सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न खोजेका छन् । समाज भत्काउन, बिगार्न र समाजलाई विकृत बनाउन खोजेका छन् । हाम्रो सभ्यता माथि चुनौती दिन खोजेका छन् । हामीले यी चुनौतीलाई स्वीकार गरेर त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । हामी जवाफ दिन्छौँ ।”

प्रधानमन्त्री ओलीले राजावादीहरूले राम्रो सहन नसक्ने र विरोध गरिहाल्ने बताउँदै यस्ता विषयमा सचेत हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?