Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् ।

बिहीवार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको बताउंदै उनले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने जिकिर गरेका छन् । देशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने बेला भएको बताएका छन्।

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्या उन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताउदै प्रधानमन्त्री ओलीले सीपमुलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रवन्ध सम्भव हुने र सरकारले आगमी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने , ‘श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ । वैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने भएको छ । श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको छ । यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु । जब सीपमुलक जनशक्ति रोजगारीमा जोडिन्छ । समृद्ध नेपाल त्यति बेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ । जतिबेला श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता र देशले निरन्तरता प्राप्त गर्दछ । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास हो । जहाँ सरकार निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रुपमा काम गर्दछ ।’

प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्वपूर्ण भुमिका रहेको र सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको बताएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?