Trending
>>   विपक्षीको अवरोधका कारण प्रतिनिधि सभाको बैठक शुक्रवारसम्मका लागि स्थगित >>   ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता गर्ने प्रावधानप्रति इप्पानको आपत्ति >>   गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी >>   राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे >>   जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ >>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा


काठमाडौँ। वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा हुन लागेको आयोजक समितिका संयोजक अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले जानकारी दिएका छन् । पौडेलकाअनुसार गाउँ र जिल्लामा बस्नेहरुलाई समेत मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । उनले सम्मेलनमा एक सयभन्दा बढी प्रश्तुतीकरणहरु हुने बताएका छन् ।

उनले भने, ‘मानसिक स्वास्थ्यको अवस्था दुई खालले हेर्न सकिन्छ । पहिलो मानिसहरुले कसरी उपचार पाइरहेका छन् । लगभग एक सयमा १० जनाले मात्र उपचार पाइरहेका छन् । यो मध्ये पनि धेरै गहन खालको मानसिक स्वास्थ्य समस्या थोरै मान्छेमा हुन्छ । तर यसको उपचार भने ग्रामीण क्षेत्रमा नभएकाले समस्या गाउँमा नै छ । त्यही भएर हामीले पहिलो सम्मेलन जुम्लामा गएर एक सय पचास मानिस लगेर सम्मेलन गरेको थियौं । मानसिक स्वास्थ्यमा सबैले समान सुविधा पाउनुपर्छ भनेर नै गाउँ केन्द्रित भएका हौँ ।’

सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणा पत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा भएको थियो ।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?