Trending
>>   आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल >>   भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा >>   राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित >>   पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा >>   गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा >>   मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन >>   सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया >>   क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Logo
२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

मंगलवार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गरेका हुन् । सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताएका छन् । उनले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनले काँग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषय वस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यावाद ज्ञापन गरेका छन् ।

उनले भने, “नेपाली कांँग्रेसले गठन गरेको प्रायः सबै विभागहरूले सक्रियताका साथ राम्रो काम गरिराख्नुभएको छ । विभागहरूको सक्रियताले पार्टीलाई गतिशील बनाएको छ र नयाँ ऊर्जा पनि थपेको छ । लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीति तर्जुमाको लागि महत्वपूर्ण हुनेछन् । यस सन्दर्भमा विभिन्न उत्थानसम्बन्धी विभागहरूले आफ्नो क्षेत्राधिकार भित्र रहेर सबै विषयहरूलाई समेटेर प्रतिवेदन पेस गर्नुभएकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।”

उनले पार्टीका विभिन्न विभागबाट प्राप्त हुने सुझावहरूलाई ध्यानमा राखेर नेपालको अर्थतन्त्रले भ्याएसम्म कामहरू अगाडी बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?