Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

राजावादीहरु एकजुट भएका छौँः संयोजक सुवेदी


काठमाडौँ। राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताएका छन् ।

सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताउदै राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरेका छन् । उनले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गर्दै देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।

उनले भने, ‘मैले जहिले पनि बोल्दाखेरि पत्रकारहरु सोध्नुहुन्थ्यो तपाईहरु आपसमा मिल्नु भएको छैन, तपाईहरु टुटफुट हुनुहुन्छ । त्यसकारण तपाईहरु कसरी राजा धर्म फर्काएर ल्याउनुहुन्छ भनेर सोध्नु हुन्थ्यो । म जहिले पनि भन्थे हामी राजावादीहरु कहिले पनि टुटफुटमा छैनौँ । हामी आवश्यक पर्दाखेरि एक हुन्छौँ भनेको थिएँ त्यसको ज्वलन्त उदाहरण आजको यो समारोह भएको छ । यहाँ विभिन्न पार्टीका विभिन्न संस्थाका साथीहरु करिव हन्ड्रेड पर्सेन्ट साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । त्यसकारण राजावादीहरु हिन्दुवादीहरु हिन्दु राष्ट्र बनाउने चाहनेहरु हामी सबै एक भएका छौँ । म छोटकरीमा तपाईंहरुलाई आग्रह गर्न चाहन्छु कि सबै जनाले आआफ्नो ठाउँबाट राजसंस्थाको पुनरस्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना, बहुदलीय प्रजातन्त्र र यो घाँडोको रुपमा रहेको संघीयता हटाउनका निम्ति हामी सबै एकजुट भएर लागौँ, एकजुट भएर उठौँ भन्ने मेरो यहाँहरु सबैसँग अनुरोध छ ।’

संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गर्दै सरकारले आन्दोलनरत शिक्षकहरुको मागअनुसार तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?