Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

महाधिवेशनबारे नेतृत्वलाई मतलव नै छैनः शेखर कोईराला


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।

विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै उनले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको बताएका छन् ।

उनले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि हुन्छ/हुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा राख्दै यस्तो लथालिङ्ग अवस्थाले पार्टी नचल्ने समेत जिकिर गरेका छन्। सांसद कोईरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताएका छन् । उनले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राखेका छन् ।

उनले भने, “नेपाली काँग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मंसिरमा हुनुपर्ने हो । हुन्छ÷हुँदैन, कोही नेतृत्व÷पदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन । म सडकको जनताको कुरा गर्दैछु । नागरिकले धेरै कुरा खोजेका छैनन् । उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको बताएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?