Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

अध्यक्ष लिङदेनको आग्रह– ‘आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं’


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको र भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाएका छन् ।

उनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको बताउदै सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको दाबी गरेका छन् । अध्यक्ष लिङ्देनले आग्रह /पूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गरेका छन् ।

उनले भने, “आज देश विशिष्ट परिस्थितिका बीचबाट अगाडी बढिरहेको छ । हामीले हाम्रो आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको छ । भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै होइन, हाम्रो र हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको छ । यस्तो बेलामा देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी छ । अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन । अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यस कारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह, पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडी बढौँ । राप्रपा सदैव तयार छ ।”

अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको प्रति आपत्ति जनाउदै गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताएका छन् । उनले सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, “हाम्रा साथीहरू, जसले राजसंस्थाको पक्षमा आवाज उठाउनु भयो, उनीहरूलाई खोजी खोजी कष्टडीमा राखिएको छ । मानवअधिकार, लोकतन्त्रका कुरा गर्नेहरूले चैत १५ गते मानवअधिकारको कसरी खिल्ली उडाए, लोकतन्त्रको खिल्ली कसरी उडाए, त्यसको साची आज हामी ठिक ढङ्गले चल्न नसक्दा खेरी यी सबै प्रकारका अन्यायहरू, निरङ्कुशताहरू, सहन बाध्य जस्ता भएका छौँ । त्यस कारण, यस प्रकारका अलोकतान्त्रिक, मानवअधिकार विरोधी गतिविधिका विरुद्ध हामीले सशक्त गतिविधिहरू अगाडी बढाउन जरुरी छ । त्यसको लागि योजना रणनीति निर्माण गर्न जरुरी छ । त्यसका लागि हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ ।”

उनले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?