Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

केही महिनाभित्रै राजसंस्था पुनःस्थापना हुने कमल थापाको दाबी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् ।

सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरेका छन् । उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए । सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि लाग्न आग्रह गर्दै राजसंस्था पुनस्र्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताएका छन् ।

उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ । केही हप्ता, केही महिनाभित्रैमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्र्थापना गर्न सकिन्छ । एक पटक प्रयास गरेर हेरौँ । एकपटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौँ । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् । अहिले कसैले चाहेर वा नचाहेर देश दुई वटा राजनीतिक कित्तामा बाँढिएको छ । वैचारिक कित्तामा । अहिले देश राजासहितको प्रजातन्त्र वा गणतन्त्र भन्ने दुईवटा कित्तामा प्रष्टरुपमा बाँढिएको छ । म सरकारलाई प्रष्ट पार्न चाहन्छु । तपाईहरुको षड्यन्त्र जनताले प्रष्टसँग बुझेका छन् । तपाईहरुले सिर्जना गरेको भ्रमबाट नेपाली जनता त्रसिद हुने अवस्था छैन । तपाईहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने अभियान अब चाँडै न नयाँ ढंगबाट शसक्त रुपमा अगाडि बढ्नेछ ।’

अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?