Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताएका छन् ।

शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्व अझ बढी रहेको बताएका छन् । पत्रकारितामा पित पत्रकारिता हुने तर फोटो पत्रकारिता निष्पक्ष हुने उनको भनाइ छ । समाचार बंग्याएर आफू अनुकुल वा कसैको प्रतिकुल बनाउने कुरा पत्रारिताबाट गर्न सकिने भएपनि फोटो पत्रकारिता निष्पक्ष हुने बताए ।

मन्त्री खड्काले भने, ‘पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु छ । समाजलाई सुसज्जित गर्नका निमित्त पत्रकारितामा हामी पित पत्रकारिताको पनि कुरा गर्छौं । बंग्याउने, टिंग्याउने अर्थात के गर्दा कसका लागि के अनुकुल हुन्छ भनेर हामी प्रश्तुत गर्नसक्छौ । तर फोटो पत्रकारितामा त्यो सम्भव छैन । त्यो अत्यन्तै निष्पक्ष हुन्छ । र बुझ्न सकिन्छ । भनेको भन्दा दृश्य आफैँ बोल्छ भनेको जस्तो प्रमाणित हुने खालको पत्रकारिता हो फोटो पत्रकारिता । फोटो पत्रकारिता, दृश्य बेगर समाचारहरु अपुरो हुन्छ ।’

मन्त्री खड्काले फोटो पत्रकारितमा केही समस्या रहेको भएपनि आफ्नो उद्देश्यका रुपमा लिएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?