Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताएका छन् ।

शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्व अझ बढी रहेको बताएका छन् । पत्रकारितामा पित पत्रकारिता हुने तर फोटो पत्रकारिता निष्पक्ष हुने उनको भनाइ छ । समाचार बंग्याएर आफू अनुकुल वा कसैको प्रतिकुल बनाउने कुरा पत्रारिताबाट गर्न सकिने भएपनि फोटो पत्रकारिता निष्पक्ष हुने बताए ।

मन्त्री खड्काले भने, ‘पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु छ । समाजलाई सुसज्जित गर्नका निमित्त पत्रकारितामा हामी पित पत्रकारिताको पनि कुरा गर्छौं । बंग्याउने, टिंग्याउने अर्थात के गर्दा कसका लागि के अनुकुल हुन्छ भनेर हामी प्रश्तुत गर्नसक्छौ । तर फोटो पत्रकारितामा त्यो सम्भव छैन । त्यो अत्यन्तै निष्पक्ष हुन्छ । र बुझ्न सकिन्छ । भनेको भन्दा दृश्य आफैँ बोल्छ भनेको जस्तो प्रमाणित हुने खालको पत्रकारिता हो फोटो पत्रकारिता । फोटो पत्रकारिता, दृश्य बेगर समाचारहरु अपुरो हुन्छ ।’

मन्त्री खड्काले फोटो पत्रकारितमा केही समस्या रहेको भएपनि आफ्नो उद्देश्यका रुपमा लिएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?