Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

संसदीय दलको बैठकमा सांसदहरुलाई अध्यक्ष ओलीका १६ उपदेश !


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न निर्देशन (उपदेश !) दिएका छन् ।

शनिवार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उहाँले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराउदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रुपमा आलोचना गर्न निर्देशन दिएका छन् । आज कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उहाँले तत्कालिन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्व नहुने बताए ।

अध्यक्ष ओलीले सांसदहरुले संसदमा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्वित हुनेगरी साहसिक रुपमा आवज उठाउनुपर्नेमा जोड दिंदै लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भएपनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उनको भनाइ छ । संसदको बजेट अधिवेशनको कामले वर्षभरीको अर्थतन्त्र, समाज र राजनीतिलाई गाइड गर्ने भएकाले राष्ट्र केन्द्रित र जनतामा समर्पित भएर कामहरु अगाडि बढाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

यस्ता छन्ः अध्यक्ष ओलीले सांसदहरुलाई दिएका उपदेशहरु
१. सबै माननीयहरुले दस्ताबेजहरु राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्तावेजहरुसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
 तत्कालीन समस्याहरुलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।
२. देश विकासका तथा सुशासनका प्रश्नहरुमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रश्तुत गर्ने ।
३.बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ ? के गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।
४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भिक रुपमा समयमै आवाज उठाउने ।
५.समाजका सांस्कृतिक मूल्यहरु चाडपर्व, ऋति,थितिहरुलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरुको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।
६. जनताका आवाजहरु प्रतिविम्वित हुनेगरी अर्थपूर्ण रुपमा मर्यादित र सभ्य भएर तथ्यपरक रुपमा शाहसिक ढंगले संसदमा प्रश्तुत हुने ।
७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरुलाई तिखो ढंगले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरुक बनाउने ।
८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रुपमा गर्ने ।
९. संसदको आकस्मिक समयमा अरुलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालिन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।
१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भएपनि सम्मान गर्ने, संकिर्ण सोचाइ नराख्ने ।
११.कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।
१२.नेपाल महान देश हो भन्ने भावनालाई आत्मसात गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने ।
१३.समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।
१४. गलत ढंगका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमासमेत असर पर्ने भएकाले सही विधेयकहरु ठिक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेक पारित नगराउन भुमिका खेल्ने ।
१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरुप आफूलाई सजग गराउने ।
१६.आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रश्तुतिकरण दिने ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?