Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुःशाहस नगरे हुन्छः प्रमुख सचेतक घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले वीरहरुले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रि गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगर्न राजावादीहरुलाई चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिएका हुन् । विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उनको भनाइ छ । यदि कसैले तोडफोड, लुटपात र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरु कोही नहुने उनको जिकिर छ । उनले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनपनि चुनौती नरहेको समेत बताएका छन् ।

उनले भने, ‘आज एकाएक समाजमा जन्मिएका नेपाली समाजले पत्याउन पनि नसकेको एउटा झुण्डले यो देशमा बलिदानी वीरहरुले लोकतान्त्रिक गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुस्साहस नगरेपनि हुन्छ । आन्दोलन गर्ने विषय कति कठिन छ त्यो त गरेकाहरलाई नै थाहा छ । बच्चा जन्माउनुको पीडा बच्चा जन्माएकी आमालाई मात्रै थाहा हुन्छ । चैत १५ गतेझै विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा कसैले व्यवस्था पल्टाइदिन्छु भन्छ भने त्यो जति अराजनीतिक मान्छे कोही पनि हुदैन । यस्ता अराजनीतिक मानिसहरुबाट यो व्यवस्थालाई कुनै चुनौती हुन सक्दैन । त्यसकारण लोकतन्त्र कुनै वाद, व्यवस्थाभन्दा पनि जीवनपद्धति र संस्कार हो । त्यसकारण यति धेरै अधिकारसहितको जीवनपद्धति अंगालिसकेको नेपाली जनतालाई केही समय र केही संख्यालाई भ्रममा राख्न सकिएला । तर नेपाली जनतलाई सकिन्न भन्ने कुरा बुझ्न म आग्रह गर्न चाहन्छु । ’

उनले नेपाली काँग्रेस स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताउदै अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको उनको जिकिर छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?