Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुःशाहस नगरे हुन्छः प्रमुख सचेतक घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले वीरहरुले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रि गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगर्न राजावादीहरुलाई चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिएका हुन् । विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उनको भनाइ छ । यदि कसैले तोडफोड, लुटपात र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरु कोही नहुने उनको जिकिर छ । उनले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनपनि चुनौती नरहेको समेत बताएका छन् ।

उनले भने, ‘आज एकाएक समाजमा जन्मिएका नेपाली समाजले पत्याउन पनि नसकेको एउटा झुण्डले यो देशमा बलिदानी वीरहरुले लोकतान्त्रिक गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुस्साहस नगरेपनि हुन्छ । आन्दोलन गर्ने विषय कति कठिन छ त्यो त गरेकाहरलाई नै थाहा छ । बच्चा जन्माउनुको पीडा बच्चा जन्माएकी आमालाई मात्रै थाहा हुन्छ । चैत १५ गतेझै विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा कसैले व्यवस्था पल्टाइदिन्छु भन्छ भने त्यो जति अराजनीतिक मान्छे कोही पनि हुदैन । यस्ता अराजनीतिक मानिसहरुबाट यो व्यवस्थालाई कुनै चुनौती हुन सक्दैन । त्यसकारण लोकतन्त्र कुनै वाद, व्यवस्थाभन्दा पनि जीवनपद्धति र संस्कार हो । त्यसकारण यति धेरै अधिकारसहितको जीवनपद्धति अंगालिसकेको नेपाली जनतालाई केही समय र केही संख्यालाई भ्रममा राख्न सकिएला । तर नेपाली जनतलाई सकिन्न भन्ने कुरा बुझ्न म आग्रह गर्न चाहन्छु । ’

उनले नेपाली काँग्रेस स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताउदै अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको उनको जिकिर छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?