Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

शोक प्रश्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक


काठमाडौँ। राष्ट्रिय सभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको छ ।

शुक्रवार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाएका छन् । लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिनुभएका ज्ञात/अज्ञात शहीदहरुप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गरे । साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गरेका थिए । शोक प्रश्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको छ । बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यहरुले १ मिनेट उठेर मौन धारण गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक वैशाख १४ गते आईतवार बस्ने गरी अध्यक्ष दाहालले शुक्रवारको बैठक स्थगित भएको घोषणा गरेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?