Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् ।

२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौ भने आफैँ जोखिममा पर्ने बताएका छन् । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्युनिकरण गर्न जरुरी रहेको बताउदै आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरेका छन् । सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरु मात्रै नभइ समग्र नागरिक रहेको र नागरिकहरु कुनै न कुनै हिसावले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिएका छन् । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘आगामी दिनमा हामी कसरी प्राकृतिक विपद्बाट बाच्न सक्छौँ । विपद्को जोखिमलाई कसरी न्युनिकरण गर्नसक्छौँ र विपद् आइहाल्यो भने हामी त्यसको प्रतिकार्य कसरी गर्दछौँ, पुनःस्थापन र पुनःनिर्माणका कार्यहरु कसरी गर्छौं भन्नेकुरालाई पनि ध्यान दिन र स्मरण गर्न हामी यहाँ उपस्थित भएका छाँै । विगतका पीडाले, विगतका दुःखले आगामी दिनमा ति दुःख न्युनिकरण गर्न तयारी अवस्थामा बस्न जरुरी छ । आजको दिन पीडाका सँगै विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा हामी यस्ता पीडाबाट सुरक्षित हुन्छौ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन हो । त्यसकारण आज हामी सबैले प्रतिवद्धता व्यक्त गरौँ । हामी विपद्को जोखिमलाई न्युनिकरण गर्नेछौँ, विपद्को जोखिमपछि उत्पन्न परिस्थितिलाई हामी ठिक ढंगले व्यवस्थापन गर्नेछौँ । यो सरकारको तर्फबाट म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । सरकार भनेको मन्त्रीपरिषद्मात्रै होइन । सम्माननीय प्रधानमन्त्री वा मन्त्री मात्रै सरकार होइन । सरकार भनेको समग्रता हो । हामी सबै कुनै न कुनै रुपमा राज्यसँग जोडिएका छौँ । प्रकृति नियमले चल्छ, हामी नियतले चल्छौँ । हामीले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगा¥यौँ भने हामी आफैँ जोखिममा पर्दछौँ । त्यसकारण पर्यावरणलाई स्वच्छ राखौँ, प्रकृति नबिगारौँ । प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ । केन्द्र, प्रदेश, स्थानीय तह सबै सरकारले मिलेर विपद्को न्युनिकरण गर्न जरुरी छ । जोखिम घटनाउन जरुरी छ । हाम्रा संरचनाहरु बलियो हुन जरुरी छ । ’

गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले शतर्क भएर रहनुपर्ने बताएका छन् । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्नसके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?