Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

बिहीवार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले काँग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गरेका छन् । उनले सरकार मुलुकलाई स्यायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गर्दै नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गरेका छन् । संसदको बनावटअनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीेले गरिरहने उनको दाबी छ ।

उनले भने, ‘यतिबेला नेकपा (एमाले) र नेपाली काँग्रेसबीच बनेको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । र यसले स्थिरता र स्यायित्व दिन्छ । त्यही ध्याउन्नमा अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ । त्यसैकारण नेकपा (एमाले) ले सरकार बनाउ र सरकार बचाउ भनेर कराएको छैन । नेकपा एमालेले जहिले पनि के भन्छ भने चुनाव हेरेको हुन्छ । हामीले ०७० को चुनाव हे¥यौं । ०७४को चुनाव भन्यौं, ०७९ को चुनाव भन्यौं र ०८४ को चुनाव भनिरहेका छौं । मिसन ०८४ भनेका छौं । म साथिहरुलाई आग्रह गर्न चाहान्छु ढुक्कले मिसन ०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने काममा अहिलेको संसदको बनावट अनुसार देशलाई ठिक ढंग अगाडि बढाउने प्रयास नेकपा एमालेले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस् ।’

स्वदेशी तथा विदेशी तत्वहरु मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?