Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

बिहीवार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले काँग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गरेका छन् । उनले सरकार मुलुकलाई स्यायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गर्दै नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गरेका छन् । संसदको बनावटअनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीेले गरिरहने उनको दाबी छ ।

उनले भने, ‘यतिबेला नेकपा (एमाले) र नेपाली काँग्रेसबीच बनेको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । र यसले स्थिरता र स्यायित्व दिन्छ । त्यही ध्याउन्नमा अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ । त्यसैकारण नेकपा (एमाले) ले सरकार बनाउ र सरकार बचाउ भनेर कराएको छैन । नेकपा एमालेले जहिले पनि के भन्छ भने चुनाव हेरेको हुन्छ । हामीले ०७० को चुनाव हे¥यौं । ०७४को चुनाव भन्यौं, ०७९ को चुनाव भन्यौं र ०८४ को चुनाव भनिरहेका छौं । मिसन ०८४ भनेका छौं । म साथिहरुलाई आग्रह गर्न चाहान्छु ढुक्कले मिसन ०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने काममा अहिलेको संसदको बनावट अनुसार देशलाई ठिक ढंग अगाडि बढाउने प्रयास नेकपा एमालेले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस् ।’

स्वदेशी तथा विदेशी तत्वहरु मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?