Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

रास्वपा संसदीय दलको बैठकः उपसभापतिको नेतृत्वमा बजेट अधिवेशनमा छलफल अघि बढाउने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्को बजेट अधिवेशनमा छलफल अगाडी बढाउने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्मा छलफल र बहस गर्ने निर्णय गरेको हो । संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडी बढाउने निर्णय गरिएको बताएका छन् । उनले बजेट अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरु लगायतका विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर देश र नागरिको हितमा संसद्मा भुुमिका निभाउने जिकिर गरेका छन् ।

उनले भने, “यो बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि बजेट अधिवेशनमा छलफल, बहस, संवाद, नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरुमा छलफल गर्ने क्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा हामीले संसद्मा छलफल, बहस गर्ने र सबै विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर त्यसलाई वृहत्तर देश र जनताको हितमा संसद्मा संसदीय भुमिका निर्वाह गर्ने निर्णय गर्यौं ।”

रास्वपाको गत वैशाख ४ गते बसेको केन्द्रिय समितिको बैठकले शिक्षकहरुको आन्दोलन, उनीहरुका माग र मुद्दाहरुको अध्ययन र संसद्मा प्रस्तुत हुने विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार शिक्षाका माग पूरा गराउनको लागि संसद्मा प्रभावकारी भुमिका खेल्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका डा. तोषिमा कार्की र सुमना श्रेष्ठ तथा पूर्वशिक्षामन्त्री शिशिर खनालको टिम बनाउने निर्णय गरिएको प्रमुख सचेतक परियारले बताएका छन् ।

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दललाई गत वैशाख ४ गतेको केन्द्रिय समितिको बैठकले शिक्षकहरुको आन्दोलन, शिक्षकहरुका माग र मुद्धाहरुलाई अध्ययन गर्ने र विधेयक संसद्मा प्रस्तुत गर्नको लागि शिक्षकहरुको जुन न्यायसंगत विषयवस्तु छ, त्यसलाई कार्यान्वयन गर्नको लागि संसद्मा प्रभावकारी भुमिका खेल्ने विषय थियो । त्यो विषयमा हामीले हाम्रो पार्टीका तर्फबाट संसद्को विषयगत समिति शिक्षा समितिमा रहनुभएका माननीय डा. तोषिमा कार्की, सुमना श्रेष्ठ र पूर्वशिक्षामन्त्री शिशिर खनालको त्यो निर्देशन कार्यान्वयन गर्नको लागि उहाँहरुको एउटा टिम बनाएर शिक्षकहरुको मागको सम्बन्धमा छलफल बढाउँछौं ।”

रास्वपाले निजामति सेवा ऐनका विषयमा छलफल भएको बताएको छ । संसदको बजेट अधिवेशन शुक्रवारदेखि शुरु हुदैँछ ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?