Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेपाली काँग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताउदै चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गरेका छन् । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै काँग्रेसबाट राष्ट्रपतिबाट हुने मान्छेलाई पार्टीमा नफर्काइने बताए । उनले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताएका छन् ।

उनले भने ,‘अहिले पूर्वराष्ट्रपतिहरु राजनीतिक दलमा सक्रिय हुने कुराहरु आएको छ । कम्तिमा नेपाली काँग्रेसले भन्नुपर्छ । हामीले भन्ने तागत राख्नुपर्छ । हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरु कहिले पनि फर्केर दलको सदस्यता लिएर आउनुहुन्न । त्यो संस्थाको गरिमा राख्नुहुन्छ । राखिरहनुभएको छ । हिजो हाम्रो पार्टीको सदस्य भएका मानिसहरु आज कोही उपकुलपति होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान् । तर ति कसैबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन । जो जुन ठाउँमा जान्छन् त्यो ठाउँको जिम्मेवारी बहन गनुपर्छ ।’

संविधानलाई खल्बल्याउने नभई सुदृढ बनाउँर्द लैजाने उनको दाबी छ । उनले संघीयताले समेत प्रभावकारी ढंगले काम गर्न नसकेको बताए ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?