Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रदर्शनरत शिक्षकबारे प्रधानमन्त्रीः ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन, भावनामा नबग्नुस् ’


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन् ।

शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका छन् । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताउदै सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताएका छन् ।

उनले भने, ‘शिक्षकहरु प्रदर्शनमा हुनुहुन्छ । मैले अस्ति पनि भनेको थिए । प्रदर्शनमा गइरहनुपर्ने थिएन । ऐन पहिलेदेखि रोकिएर बसेको छ । त्यसलाई हामी तुरुन्तै ल्याउँछांैं भनेर भनिराखेका छौं । उपयुक्त ढंगले ऐन ल्याउँछौं । आफ्ना मात्रै हितहरुलाई हेरेर हुदैन, राष्ट्रहित कसरि हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरुको समाधान खोज्नुपर्छ । शिक्षक साथिहरुलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन । सरकार रहेक समस्याको समाधान गर्न चाहान्छ, तपाईका समस्या पनि समाधान गर्न चाहान्छ । तपाईहरुले पनि बुझ्नुपर्यो नि ।’

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ । उनले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गरेका छन्।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?