Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

पूर्वराजा शाहलाई काँग्रेस नेता सिटौलाको चुनौतीः देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिनू


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताएका छन् । उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गरेका छन् । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ । उनले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘आज देशभरका युवाहरुलाई साक्षि राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाई छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आउ राजनीतिमा गर्न पाउँछौं । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए । ति सबै राजाहरु आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साच्चै जनताको सेवा गर्न मन छ भने, साच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा । आँट छ ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौं । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठुला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने ? म सोध्छु उहाँलाई ।’

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ । उनले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरुले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरेका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?