Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

पूर्वराजा शाहलाई काँग्रेस नेता सिटौलाको चुनौतीः देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिनू


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताएका छन् । उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गरेका छन् । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ । उनले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘आज देशभरका युवाहरुलाई साक्षि राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाई छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आउ राजनीतिमा गर्न पाउँछौं । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए । ति सबै राजाहरु आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साच्चै जनताको सेवा गर्न मन छ भने, साच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा । आँट छ ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौं । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठुला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने ? म सोध्छु उहाँलाई ।’

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ । उनले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरुले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरेका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?