Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

गणतन्त्रवादीहरुले पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा उपाध्यक्ष तामाङको चेतावनी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरुले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् ।

मंगलवार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिएका हुन् । उनले आफूहरु संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गण्तन्त्रवादी दलहरुले पेल्न खोजेको टिप्पणी गर्दै उनले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा.धवल समशेर जवरा जस्तै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि पनि मुद्दा चलाउनुपर्ने तर्क गरेका छन् ।

सांसद तामाङले भने, ‘म सरकारलाई भन्न चाहन्छु, यदि तपाईहरुले यसरि नै पेल्न थाल्यौ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले विधिवत रुपमा सम्मेलन गरेर यो चुनावी प्रक्रिया छोडेर विद्रोहको राजनीति शुरु गर्छौं भन्ने कुरा म भन्न चाहन्छु ।’

उनले वर्तमान सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीलाई काम गर्ने मान्छे मन नपर्ने बताएका छन् । अहिले मुलुक सेटिङ र विचौलियामार्फत चलिरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?