Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म जान्छ, निर्वाचनपछि परिस्थिति हेरेर विचार गरौँलाः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरणलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।

मंगलवार मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका छन् । उनले नेपाली काँग्रेस—नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार बन्न नदिन धेरै चलखेल भएपनि यो सरकार देशका समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि बनेको जिकिर गरेका छन् । उनले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको बताए । प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्छ भन्दै टिप्पणी गर्नेहरु पनि थाकेको बताउदै वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म अघि बढ्ने र निर्वाचनपछि पनि निर्वाचनको परिणाम हेरेर विचार गर्ने बताएका छन् ।

उनले भने, ‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि यो समीकरण बनाइएको हो । दिनैपिच्छे सरकार फेरिन्छ की, फेरिन्छ की भनेर जुन खालको अस्थिरताको स्थिति थियो, दाउपेचको स्थिति थियो, त्यसलाई अन्त्य गर्नको लागि यो समीकरण बनाइएको हो । केही मान्छेहरुलाई सौख जस्तो थियो, तिनीहरु पनि थाके अब । यो सरकार बन्नै नदिन कोशिस गरिरहेका थिए, बन्दैन भन्दै थिए, विश्वासको मत प्राप्त गर्दैन भन्दै थिए, झन्डै दुई तिहाई त नेकपा एमाले र नेपाली काँग्रेससँग मात्रै छ । बहुमतको कुनै कमी छैन । दुई वटा पार्टीले संकल्प गरेका छन् । हामी चुनावसम्म सँगै जान्छौँ । चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछौँ । त्यसपछिको परिस्थिति कस्तो बन्छ, विचार गरौँला । अहिले स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि दुई वटा पार्टी मिलेर सरकार बनाएका छौँ । यो सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन ।’

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको विकासका लागि संघीय सरकार सँगै काम गर्न तयार रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?