Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राप्रपा अध्यक्ष लिङदेनको आरोपः आईजिपी दीपक थापा युवा संघको सहअध्यक्ष रहेछन्


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको  भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरेका छन् । उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाएका छन् । अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस ? उनको प्रश्न थियो ।

उनले भने, ‘त्यो दिन (चैत १५ मा) जसरि राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान गयो । कयौं घाइते भए । त्यसको कुनै हिसाव छैन । भौतिक क्षतिको समेत कुनै हिसाव छैन । तर त्यसको मुलमा अहिलेको राज्यसत्ता, अहिलेका प्रधानमन्त्री, अहिलेका गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ । प्रहरीले हानेको अश्रुग्याँसको एक्सपाइरी डेट, २००८,२०१०,२०१२ छ । त्यो गुर्दा प्रसाईंले हानेको अश्रुग्याँस हो ? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक भन्छ–हामीले हानेको अश्रुग्याँस कसरि डेट एक्सपाइर हुनसक्छ । प्रहरी प्रहरी नै भएर बस्नुपर्छ कुनै राजनीतिक दलको भातृ संगठन भएर होइन ।’

उनले देश गणतन्त्रवादीहरुको मात्र नभई राजा आउनुपर्छ भन्नेहरुको समेत भएको कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरुलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?