Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

गत असोजको मनसुनजन्य विपद् बाट भएको क्षतिको डिडिए एक महिनाभित्र गरिसक्ने


काठमाडौँ। विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले गत असोजमा गएको बाढी, पहिरोबाट भएको क्षतिको (डिडिए) एक महिनाभित्र गरिसक्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा गत असोज १०,११ र १२ को जुन मनसुनजन्य विपद्को क्षतिको आँकलन फिल्डमै सिकाउने गरी चैत्र २८ र २९ गते फिल्डमै सिकाउने बताएका छन् । उनले ६ हजार जति घरको क्षतिको विवरण आएको र त्यसको डिडिए एक महिनाभित्रमा सम्पन्न गर्नेगरी टोली परिचालन गर्ने निर्णय भएको बताए । त्यसको लागि युएनबाट ६ जना प्राविधिकहरु र १२ जना प्राविधिक स्थानीय तहबाट प्राप्त भएको बताएका छन् ।

उनले भने, ‘१६ आंैं बैठकपछि के उपलब्धि गर्यौ भन्नेमा छलफल भयो । अर्को जाजरकोटको भूकम्प र डोटी, बझाङको भूकम्पको विस्तृत क्षति आँकलन अहिलेसम्म राम्रो रुपमा गएको थिएन । अहिले स्पिडमा गएको छ । त्यससम्बन्धी जानकारी गराइयो । स्पिड अझै बढाउने, पुल्चोक क्याम्पससँग मात्रै गरिरहेका थियौँ भने अहिले मध्यपश्चिम विश्वविद्यालयसँग पनि सहकार्य गर्ने कुरा अघि बढाइएको छ । त्यससम्बन्धी पनि जानकारी गराइयो । गत असोज १०,११ र १२ को जुन मनसुनजन्य विपद् थियो, त्यसको काम पनि अघि बढ्न सकेको थिएन । क्षतिको आँकलन फिल्डमै सिकाउने २८ र २९ गते । ६ हजार जति घरको क्षतिको विवरण आएको छ । त्यसको डिडिए एक महिनाभित्रमा सम्पन्न गर्नेगरी टोली परिचालन गर्दैछौँ । त्यसको लागि युएनबाट ६ जना प्राप्त भएका छन् प्राविधिकहरु । १२ जना प्राविधिक स्थानीय तहबाट प्राप्त भएका छन्, उनीहरुलाई प्रशिक्षण दिएर डिडिएको प्रक्रिया अघि बढाउँछौँ ।’

प्रदुषण कम गर्न स्थानीय तहमा सचेतना फैल्याउने, नियन्त्रण गर्न जनशक्ति परिचालन गर्न तीन तहकै सरकारलाई निर्देशन दिने निर्णय भएको छ । साथै देशभरको डढेलो नियन्त्रणमा बढी जोड दिने निर्णय भएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?