Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन्ः राप्रपा उपाध्यक्ष तामाङ


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गरेका छन् । अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको बताए । गणतन्त्रवादी दलहरुले राजामा भुत देखेका कारण फोटो देखेपनि तर्सिने गरेको उनको भनाइ छ । उनले आफूहरु स्पष्ट रुपमा अभिभावकको रुपमा राजसंस्था राख्ने एजेण्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरेका छन् ।

उनले भने, ‘राजामा किन भुत देख्नुहुन्छ तपाईंहरुले ? कसैले फोटो खिच्दैमा यस्तो भन्न मिल्दैन । म राजासंस्था हुनुपर्छ भन्ने मान्छे हो यसमा दुईमत नै छैन । मेरा छोराछोरिलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर मरेपछि जेसुकै गर भन्छु । त्यसकारण मैले बुझेको त्यो संस्थाबाट यो काम हुँदैन । यहाँ मान्छेहरुले भनेका छन् २०१७ पछिको राजसंस्था । त्यस्तो होइन हामी त राजसंस्थालाई अभिभावकको रुपमा राखौं भन्ने एजेण्डा बोकेर हिँडेको मान्छे हो नि । ०१७ सालको राजसंस्था कसैले सोच्छ भने त्यो बौलाहा हो ।’

उनले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?