Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि बढ्योः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।

बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरेका छन् । उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि रहेको बताए । सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरु व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘सरकार गठन भएको आज झण्डै नौ महिना बितिसकेको भएपनि न सुशासन न भ्रष्टाचार नियन्त्रण न आर्थिक सुधार भयो । संविधान संशोधन गर्छौं भनेर आएको प्रधानमन्त्रीले ०८७ मा संविधान संशोधन गर्ने । जबकि यो सरकारको र संसदको दुई अढाई वर्ष मात्रै बाँकी छ । त्यसकारण सबै क्षेत्रबाट असफल भइसकेको कारणबाट सरकार झन कमजोर भएको छ, भ्रष्टाचार बढिरहेको छ । लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि छ । जसबाट जनता आक्रोशित छ । यस्तो अवस्थामा प्रतिगमनकारी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने प्रयासमा लागेका छन् ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न तथा राष्ट्रिय समस्याको समाधान गर्न सात दलीय मोर्चा गठन गरिएको उनको दाबी छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?