Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि बढ्योः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।

बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरेका छन् । उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि रहेको बताए । सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरु व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘सरकार गठन भएको आज झण्डै नौ महिना बितिसकेको भएपनि न सुशासन न भ्रष्टाचार नियन्त्रण न आर्थिक सुधार भयो । संविधान संशोधन गर्छौं भनेर आएको प्रधानमन्त्रीले ०८७ मा संविधान संशोधन गर्ने । जबकि यो सरकारको र संसदको दुई अढाई वर्ष मात्रै बाँकी छ । त्यसकारण सबै क्षेत्रबाट असफल भइसकेको कारणबाट सरकार झन कमजोर भएको छ, भ्रष्टाचार बढिरहेको छ । लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि छ । जसबाट जनता आक्रोशित छ । यस्तो अवस्थामा प्रतिगमनकारी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने प्रयासमा लागेका छन् ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न तथा राष्ट्रिय समस्याको समाधान गर्न सात दलीय मोर्चा गठन गरिएको उनको दाबी छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?