Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रतिगामी शक्तिहरुको व्यवस्था विरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यु थप्ने काम गरेः सिके राउत


काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिगामी शक्तिहरुको व्यवस्थाविरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यू थप्ने काम गरेको टिप्पणी गरेका छन् ।

सात मधेसवादी राजनीतिक दलहरुको संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो टिप्पणी गरेका छन् । मुलुक राजनीतिक रुपमा जटिल अवस्थामा आइपुगेको उनको भनाइ छ । उनले गणतन्त्रविरुद्धमा आवाज उठाउँदा गैरसंवैधानिक हुन्छ कि संविधानले संघीयता परिभाषित गरिसकेको अवस्थामा एकात्मक शासन मान्ने कुरा पनि गैरसंवैधानिक हुन्छ ? भन्दै प्रश्न गरेका छन् । गणतन्त्रको रक्षार्थ उभिने ठुला राजनीतिक नेतृत्वहरुको मुखबाट संघीयताबारे मुख खुल्ने नगरेको उनको आरोप छ । उनले संघीयतामार्फत नेपाली जनताले पाएको अधिकार समेत खोस्ने चेष्टा भइरहेको टिप्पणी गरेका छन् । सांकेतिक रुपमा प्रदान गरिएको संघीयता स्थापनको ९ वर्षसम्म समेत कार्यान्वयन हुन नसकेको उनको तर्क छ ।

उनले भने, ‘देशमा अहिले राजनीतिक रुपमा जटिल माहोल निर्माण भएको छ । अनावश्यक रुपमा प्रतिगामी शक्तिहरुले हलचल मच्चाइराखेको अवस्था छ । त्यसमा यथास्थितिवादीहरुले ध्यू थप्ने काम गर्दैछन् । केही दिन अगाडि प्रधानमन्त्रीज्यूले गणतन्त्रवादी दलहरुको भेला राख्नु भएको थियो । र त्यहाँ विभिन्न दलका अध्यक्षहरु आउनु भएको थियो । मैले उहाँहरुलाई सोधे–गणतन्त्रको विरुद्धमा आवाज उठाउँखेरि मात्र गैरसंवैधानिक हुन्छ कि संविधानले संघीयता परिभाषित गरिसकेको अवस्थामा एकात्मक शासन मान्ने विरुद्धमा पनि गैरसंवैधानिक हुन्छ । तपाईहरु गणतन्त्र रक्षा गर्ने त भन्नुहुन्छ तर संविधान रक्षा गर्ने कुरा तपाईहरुको मुखबाट कहिले सुन्दैन । त्यो किन भएको हो ? त्यसबाट हामीले षड्यनत्र बुझ्नसक्छौं । अहिले हामीले जुन अधिकार पाइसकेका थियौं त्यो अधिकार पनि खोस्ने चेष्टा भइरहेको छ । संघीयता सांकेतिक रुपमा भएपनि प्रदान गरियो अलिकति । तर ९ वर्ष भइसक्दा समेत त्यसको कार्यान्वयन गरिएको छैन ।’

उनले संघीयताको सफल कार्यान्वयन नभएकै कारण प्रहरी र सिडिओले समेत मुख्यमन्त्रीलाई टेर्ने अवस्था नरहेको बताउंदै व्यवस्था र संघीयता कार्यान्वयनको लागि मोर्चा गठन गरिएको र विचार मिल्ने अन्य राजनीतिक दलहरुलाई समेत मोर्चामा आवद्ध हुन आह्वान गरेका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?