Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

राजावादीलाई अजयकुमार चौरसियाको चुनौती :राजा चाहिए दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गर्नु


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।

बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुको विकल्प पार्टीहरु नै भएको बताएका छन् । संविधान सभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरुसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताएका छन् । उनले राजा चाहने दलहरुले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौति दिएका छन् । उनले स्रोतसाधानको कमीका कारण जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्न नसकेको बताए। राजनीतिक दल तथा जनप्रतिनिधिहरुमा भएका कमीकमजोरी सुधार गर्दै जानुपर्ने उनको भनाइ छ । भूकम्प, बाढी पहिरो, कोभिड जस्ता प्राकृतिक संकटमा सरकारले सीमित स्रोतसाधानका बाबजुत सर्वसाधारको आवास निर्माण तथा क्षतिपूर्तिका राम्रो व्यवस्था गरेको दाबी गरेका छन् । उनले तीनकुने घटनाबारेमा सरकारले निश्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गरेका छन् ।

उनले भने, ‘संविधान सभाको चुनावबाट गणतन्त्र आएको हो । अब यो संविधान नै चेन्ज गर्ने हो भने कुनै पोलिटिकल पार्टीले त्यस्तो इच्छा राख्छ भने दुई तिहाइ भन्दा बढी बहुमत ल्याओस् संविधानमा जे जे संशोधन गर्नुपर्छ गरोस मेरो केही भन्नु छैन । नेपाली जनताले चाहे भने जे पनि हुन्छ । मिडियामा आएर हामी धेरै क्रान्तिकारी कुरा गर्न तर त्यसले देशका लागि कति राम्रो या नराम्रो हुन्छ त्यो हामीले सोच्नु पर्छ । अस्तिको घटनामा पूर्वराजाले जिम्मा लिनुपर्छ । दुर्गा प्रसाईंले मात्रै यसको जिम्मा लिएर हुँदैन । किनभने राजाले एउटा वक्तव्य पोखराबाट जारी गरेका थिए । र त्रिभूवन विमानस्थलबाट स्वागतसाथ पूर्वराजालाई लानु जरुरी थियो ? जनताको असन्तुष्टि होला, सरकारले भनेको जति गर्न नसकेको होला, ससाधानको कमी होला । कोभिडको कारणले डेढ दुई वर्ष देश ठप्प भयो, ठूलो भूकम्प गयो । त्यसपछि ठूलो प्राकिृतिक प्रकोप बाढीको कारणले पनि देशमा क्षति भयो । यी सबै काममा क्षतिपूर्ति तथा घर निर्माण गर्ने कामहरु सरकारको कत्रो संसाधन खर्च भइरहेको छ । गरिब मुलुकको संसाधन कमै होला । हामीबाट पनि कमी कमजोरी भएको होला, त्यसको सुधार पनि गर्नुपर्छ । लोकतान्त्रिक व्यवस्थामा पोलिटिकल पार्टीको विकल्प भनेको पोलिटिकल पार्टी नै हो । जस्ले नराम्रो गर्छ त्यसको विकल्पमा अर्को पार्टी र नेतालाई जनताले चुनेर पठाउँछ । यो पुनः तानशाही व्यवस्था लाद्न खोज्ने, संविधान उल्ट्याउन खोज्ने व्यस्था नमान्ने तत्वसँग सरकारले र राजनीतिक पार्टीहरुसँग सम्झौता गर्नु हुँदैन । सरकारले निष्पक्ष छानबिना गरेर घटनाका बारेमा बाहिर ल्यायोस् ।’

मन्त्री चौरसियाले २०५८ सालको घटनामा राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालिन सरकारका नेतृत्वकर्ता तथा दलहरुले ढुङ्गामुडा खाएर ज्ञानेन्द्र शाहलाई राजा बनाएको बताएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?