Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई गर्‍यो पुरस्कृत


काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको लुटपाट घटनामा प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई सम्मानका साथ पुरस्कृत गरेको छ ।

सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले गत शुक्रबारको लुटपाट घटनामा प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाइ एक कार्यक्रमबीच ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, एक फूली र पाँच ग्रेड बढुवा प्रदान गर्दै दुबोको माला लगाइदिएर सम्मान गरेका छन् ।

घटनाका क्रममा अन्य कर्मचारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का र सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ नगद र एक ग्रेड बढुवा प्रदान गरिएको छ भने ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार १ सय ११ रुपैयाँको चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?