Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा


काठमाडौँ। नेपाल प्राज्ञिक मञ्चले काठमाडौंमा पदयात्रा गरेको छ ।

बुधवार बिहान प्राज्ञिक मञ्चले काठमाडौंको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो । उनीहरुले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै पदयात्रा गरेका हुन् । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । गत चैत्र १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको थियो ।

प्राज्ञिक मञ्चले नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पनि पदयात्रा गरेको जनाएको छ । प्राज्ञिक मञ्चको पदयात्रामा संस्कृतिविद् डा. जगमान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?