Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा


काठमाडौँ। नेपाल प्राज्ञिक मञ्चले काठमाडौंमा पदयात्रा गरेको छ ।

बुधवार बिहान प्राज्ञिक मञ्चले काठमाडौंको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो । उनीहरुले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै पदयात्रा गरेका हुन् । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । गत चैत्र १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको थियो ।

प्राज्ञिक मञ्चले नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पनि पदयात्रा गरेको जनाएको छ । प्राज्ञिक मञ्चको पदयात्रामा संस्कृतिविद् डा. जगमान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?