Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने


काठमाडौँ। आगामी वैशाख ४ देखि ६ गतेसम्म कुकिवन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।

नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । मंगलवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । प्रतियोगितामा ब्रेकिङतर्पm साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउण्ड गरी पाँच विधा हुने भएको छ । ब्रेकिङमा जुुनियरमा यु–१२, १३–१५, १६–१८ तथा सिनियरमा १९–२९ र ३०–५९ गरी पाँच उमेरसमूहमा कुल २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

अथोराइज पुम्सेतर्पm पाँच उमेरसमूहका एकल, पियर र ग्रुप पुम्से गरी तीन विधामा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ । तेक्वान्दो एरोबिकमा महिला र पुरुष गरी पाँच देखि सात जनाको टिम बनाएर सिनियर र जुनियर तथा टिम ग्यगोरीमा महिला तथा पुरुष यु–१२, १८ र २९ गरि तीन समूहमा ६ स्वर्णका प्रतिस्पर्धा गराइने जानकारी दिइयो । उक्त प्रतियोगिताका लागि अनुमानित बजेट २१ लाख १५ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?