Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने


काठमाडौँ। आगामी वैशाख ४ देखि ६ गतेसम्म कुकिवन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।

नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । मंगलवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । प्रतियोगितामा ब्रेकिङतर्पm साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउण्ड गरी पाँच विधा हुने भएको छ । ब्रेकिङमा जुुनियरमा यु–१२, १३–१५, १६–१८ तथा सिनियरमा १९–२९ र ३०–५९ गरी पाँच उमेरसमूहमा कुल २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

अथोराइज पुम्सेतर्पm पाँच उमेरसमूहका एकल, पियर र ग्रुप पुम्से गरी तीन विधामा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ । तेक्वान्दो एरोबिकमा महिला र पुरुष गरी पाँच देखि सात जनाको टिम बनाएर सिनियर र जुनियर तथा टिम ग्यगोरीमा महिला तथा पुरुष यु–१२, १८ र २९ गरि तीन समूहमा ६ स्वर्णका प्रतिस्पर्धा गराइने जानकारी दिइयो । उक्त प्रतियोगिताका लागि अनुमानित बजेट २१ लाख १५ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?