Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु


काठमाडौँ। संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन्।

देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहनुभएको छ । थेरापी चलिरहेको कारण देखाउँदै उहाँ २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् ।

सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् । संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरेका छन् ।

प्रतिनिभि सभाको मंगलवारको बैठकले सांसदहरुको विदा स्वीकृत गरेको छ ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?