Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गरेका छन् ।

मंगलवार दिउँसो प्रधानमन्त्री ओली ५ दिने आपचारिक भ्रमणका क्रममा आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाल–थाइल्याण्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।सन् १९५९ नोभेम्बर ३० मा नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध गाँसिएको थियो । त्यसयताका ६५ वर्षमा थाइल्याण्डका प्रधानमन्त्रीले एकपटक मात्र नेपाल भ्रमण गरेका छन् । यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । प्रधानमन्त्री ओली बिमस्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्न थाइल्याण्ड गएका हुन् ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्याण्डमा अप्रिल २ देखि ४ सम्म हुँदैछ । शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सहभागिता अप्रिल ४ मा मात्र हुनेछ । भ्रमणका बेला थाइल्याण्डका समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ । द्विपक्षीय बैठक सकिएपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डबीच आठवटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरका लागि तयार गरिएका आठवटा एमओयू तथा सम्झौतापत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा गैरसरकारी निकायहरूबीच हस्ताक्षर हुनेछ ।

दुई देशका सरकारी निकायबीच यसपटक पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?