Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गरेका छन् ।

मंगलवार दिउँसो प्रधानमन्त्री ओली ५ दिने आपचारिक भ्रमणका क्रममा आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाल–थाइल्याण्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।सन् १९५९ नोभेम्बर ३० मा नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध गाँसिएको थियो । त्यसयताका ६५ वर्षमा थाइल्याण्डका प्रधानमन्त्रीले एकपटक मात्र नेपाल भ्रमण गरेका छन् । यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । प्रधानमन्त्री ओली बिमस्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्न थाइल्याण्ड गएका हुन् ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्याण्डमा अप्रिल २ देखि ४ सम्म हुँदैछ । शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सहभागिता अप्रिल ४ मा मात्र हुनेछ । भ्रमणका बेला थाइल्याण्डका समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ । द्विपक्षीय बैठक सकिएपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डबीच आठवटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरका लागि तयार गरिएका आठवटा एमओयू तथा सम्झौतापत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा गैरसरकारी निकायहरूबीच हस्ताक्षर हुनेछ ।

दुई देशका सरकारी निकायबीच यसपटक पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?