Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय


काठमाडौँ। सरकारले चालु अधिवेशन (हिउँदे अधिवेशन) अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार राति प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चालु अधिवेशत गत माघ १८ बाट सुरु भएको थियो । यो अधिवेशनबाट धेरै भन्दा धेरै विधेयक पास गर्नेगरि संसदलाई चलायमान बनाउने भन्दै बैठक बोलाइए पनि पर्याप्त विधेयक पास हुन सकेनन्।

संघीय संसदको प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी टुंगिने भएको छ।

राष्ट्रिय सभाको बैठक चैत २५ बजे सवा १ बजे बोलाइएको भए पनि १९ गते नै अधिवेशन अन्त्य भए पछि बैठक नै नबसी टुंगिने भएको हो ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?