Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
११ चैत्र २०८२, बुधबार
११ चैत्र २०८२, बुधबार

संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताएका छन् ।

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपाली काँग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिवद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको बताएका छन् । उनले आफैंले ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ ? भन्दै प्रश्न गरेका छन् । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘काँग्रेस–कम्युनिष्टहरुको प्रतिवद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैं ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ ? अर्को, यो संविधान नै त्रुटीपूर्ण छ । संविधानलाई संशोधन गरेर पुनःलेखन गर्ने कुरा छ । संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ । जनताका चाहानाहरु र आवश्यकताहरु पुरा गरेमात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ । प्रदेशहरुलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन ।’

संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि राज्यका निकायहरुमा एउटै जाताजातीको हालिमुहाली रहेको अध्यक्ष यादवको भनाइ छ ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?