Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन्ः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरेका छन् । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्न गरेका छन् । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । उनले नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताएका छन् ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेका छन् । इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोशिस गरिरहेका छन् । जो सम्भव छैन । के त्याग गरेको हुनाले, के तपस्या गरेको हुनाले, के योगदान गरेको हुनाले ? देश निर्माणमा के भुमिका खेलेको हुनाले, दमन गरेको हुनाले ? निरंकुशता लादेको हुनाले ? वंशको शासन चलाएको हुनाले, देशलाई गरिबी, बेरोजगारमा पिल्साएको हुनाले ? के कारणले ? राम्रो काम गरेको त देखिँदैन । नराम्रो काम गर्नेलाई पुरस्कृत गर्नेकुरा अस्वीकार्य हुन्छ । कसैको भ्रममा नपर्नुस्, सत्य र तथ्यको कुरा बुझ्नुस् । इतिहास फेरि पछाडि फर्किन सक्दैन । अब संसार र नेपाली समाज सामन्तवादको युगमा फर्किन सक्दैन । कुनै परिवारको कोही दास बन्न चाहँदैन । कुनै परिवारको देशलाई पेवा गर्न चाहँदैन ।’

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?