Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्यो : काँग्रेस महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताउदै उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताएका छन् ।

उनले भने, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ति गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ? तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौं किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्दै फैसला चाहन्छु भन्छन् ।’

उनले फरक प्रसंगमा बोल्दै राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गर्दै उनले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । जनतामा रहेका निराशाहरु लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरु हल गर्दै जानुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?