Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसले तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निस्कर्ष निकालेको छ ।

शनिवार पार्टीको पदाधिकारी बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले उक्त घटना पूर्वराजाकै निर्देशनमा भएकाले घटनाको जिम्मेवारी पनि उनले नै लिनुपर्ने निस्कर्ष निकालेको बताएका छन् । उनले पूर्वराजाको आयोजनामा समिति गठन गरेर घटना गराइएकाले यस्को जिम्मेवारी पनि पूर्वराजाले नै लिनुपर्ने बताए । उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने भनिए पनि उनीहरुले तोडफोड र हिंसात्मक गतिविधि गरेर अराजकता सिर्जना गरेको आरोप लगाउदै प्रदर्शनकारीले सुनियोजित रुपमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने रणनीति लिएको उनले दाबी गरेका छन् ।

उनले भने, ‘एउटा निरंकुष शासनतर्फ लाने मनसायका साथ यो घटना घटेको छ । सिधै यहाँ यहाँ आक्रमण गर्ने भनेर त्यहाँ घोषणा भएको छ । ठूलो निजी सम्पती र सार्वजनिक सम्पतीको क्षति भएको छ । दुई जना व्यक्तिको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा जस्को आयोजनमा समिति गठन भयो र त्यसले त्यो अयोजना गर्यो, सिधै जुन शान्तिपूर्ण तरिकाबाट प्रश्तुत हुन्छौँ भनेका थिए त्यसको विपरित तोडफोड आगजनी गरेर एउटा असुरक्षा र अराजकताको परिस्थिति निर्माण गर्ने र त्यो परिस्थितिबाट फाइदा उठाउँदै सत्ता कब्जा गर्ने जुन मनसायले जाने उहाँहरुको लक्ष्य देखियो जस्को जिम्मेबारी उहाँले लिनुपर्छ भन्ने बैठकको निस्कर्ष निकालेको छ ।’

प्रवक्ता महतले जनधनको क्षति पुर्याउने गतिविधिमा संलग्न सबैलाई कानून बमोजिम कारबाही हुनुपर्छ भन्ने पार्टीको निस्कर्ष रहेको बताए ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?