Trending
>>   प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुन्छन्ः अध्यक्ष अग्रवाल >>   राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री >>   संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः उपेन्द्र यादव >>   तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्याली >>   राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला >>   म हिन्दुराष्ट्रको पक्षमा छुः डा. शशांक कोईराला >>   झलनाथको आरोपः जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदैछ >>   प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन्ः अध्यक्ष नेपाल >>   अध्यादेशप्रति राष्ट्रिय सभामा प्रतिपक्ष दलका सांसदहरुको आक्रोश >>   प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँः प्रधानमन्त्री
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

आज मिति २०८१ साल चैत्र १६ गते शनिबार,हेर्नुहोस् आजको राशिफल


आज मिति २०८१ साल चैत्र १६ गते शनिबार ( Mar 29 2025) चैत्र कृष्णपक्ष औंसी १७:३ बजेसम्म, त्यसपछी प्रतिपदा

मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।

बृष – कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्य लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनुपर्दा गाह्रो महसुस हुनेछ । पढाइ लेखाइ विभिन्न कारणले अस्तव्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ ।

मिथुन – विभिन्न अवसरको उपयोग गरी यथेष्ट धन तथा सम्पत्ति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाइहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजबुत हुने हुनाले सहाशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गति विधिमा सलग्न भई अगाडि बढ्न सकिनेछ ।

कर्कट – माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ ।

सिंह – शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

कन्या – लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

तुला – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्ति परिचालन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइलेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृश्चिक – व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

धनु – अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्त्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ ।

मकर – आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरु थाँती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ ।

कुम्भ – बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरु हुन सक्छ । प्रेममा एकअर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछिपरिने अधिक सम्भावना रहेको छ ।

मीन – नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साइड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरु खुसी हुनेछन् ।


प्रकाशित मिति: १६ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?