Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

झलनाथको आरोपः जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदैछ


काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन्  ।

आईतवार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गर्दै भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु भएको बताए । उनले अहिले कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार छ । हरेक क्षेत्रमा सरकारका वरिपरी भ्रष्टाचार नै भ्रष्टाचार छ । अनि मन्त्रालयमा गयो भ्रष्टाचार नै भ्रष्टाचार छ । भ्रष्टाचारमा सबैभन्दा पछिल्लो उदाहरण म भन्न चाहन्छु । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट किन फ्याँकियो ? जबकी उनको तीन महिना मात्रै बाँकी थियो । तीन महिना मात्रै भएको कर्मचारीलाई यति जबरजस्ती रुपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो । किनभने अहिले विद्युत प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरु छन्, त्यसमा कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको छ । बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने बेलामा हो यो । त्यो बेलामा धेरै ठूला लेनदेनका कामहरु हुने गर्दछन् । त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशमा बेरोजगारी व्याप्त रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?