Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

झलनाथको आरोपः जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदैछ


काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन्  ।

आईतवार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गर्दै भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु भएको बताए । उनले अहिले कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार छ । हरेक क्षेत्रमा सरकारका वरिपरी भ्रष्टाचार नै भ्रष्टाचार छ । अनि मन्त्रालयमा गयो भ्रष्टाचार नै भ्रष्टाचार छ । भ्रष्टाचारमा सबैभन्दा पछिल्लो उदाहरण म भन्न चाहन्छु । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट किन फ्याँकियो ? जबकी उनको तीन महिना मात्रै बाँकी थियो । तीन महिना मात्रै भएको कर्मचारीलाई यति जबरजस्ती रुपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो । किनभने अहिले विद्युत प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरु छन्, त्यसमा कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको छ । बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने बेलामा हो यो । त्यो बेलामा धेरै ठूला लेनदेनका कामहरु हुने गर्दछन् । त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशमा बेरोजगारी व्याप्त रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?