Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् ।

सोमवार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाएका हुन् । उनले संसदभित्र राप्रपा सांसदहरुले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने समेत बताएका छन् । उनले संविधानमा नलेखिएका शब्दहरु संसदको कल्चरमा नआउने स्पष्ट पार्दै उनले राजावादीको नाममा संविधानले नचिनेका शब्दहरु सदनभित्र मात्र नभई सदनबाहिर समेत कानून विपरित रहेको उनको तर्क छ ।

उनले भने, ‘संविधानमा नलेखिएका शब्दहरु संसदका कल्चरहरुमा यस्ता विषयहरु आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरु हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानून विपरित कुरा हो ।’

उनले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने बताए ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?