Trending
>>   प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुन्छन्ः अध्यक्ष अग्रवाल >>   राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री >>   संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः उपेन्द्र यादव >>   तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्याली >>   राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला >>   म हिन्दुराष्ट्रको पक्षमा छुः डा. शशांक कोईराला >>   झलनाथको आरोपः जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदैछ >>   प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन्ः अध्यक्ष नेपाल >>   अध्यादेशप्रति राष्ट्रिय सभामा प्रतिपक्ष दलका सांसदहरुको आक्रोश >>   प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँः प्रधानमन्त्री
Logo
१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिएका छन्।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरमिाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाएका छन् । उनले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको तर्क गरेका छन् ।

उनले भने, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरुले । एकदुई जना मरुन् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरुको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौं । त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरुको चरित्र र राजावादी मण्डलेहरुको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्नेगरी र बुझ्नेगरी काठमाडौंमा प्रदर्शित भयो ।’


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?