Trending
>>   नेटोद्वारा स्पेनको तटमा प्रमुख नौसेना अभ्यास सञ्चालन >>   मुस्लिम धर्मावलम्वीहरुको इद उल फित्र (तस्बिरहरु) >>   मुस्लिम धर्मावलम्वीहरुले मनाए इद उल फित्र >>   आज मिति २०८१ साल चैत्र १८ गते सोमबार,हेर्नुहोस् आजको राशिफल >>   बालेन्द्र शाहले पूर्वराजालाई जरिबानाको पत्र लेख्नु गम्भीर त्रुटीः अध्यक्ष लिङदेन >>   गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढ्यो : चित्रबहादुर केसी >>   राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल >>   प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त >>   विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ? >>   राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो
Logo
१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

सांसद सुदन किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, सम्भव छैन भन्नुभएको उल्लेख गर्दै विगतको पृष्ठभूमि र अहिलेको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुने दाबी गरेका छन् । उनले राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको, नेपाली काँग्रेस संविधान संशोधनमा हिन्दु गणतन्त्र भनेर लेख्नुपर्ने कुरा अगाडि बढाइरहेको भन्दै यसले अराजकता निम्त्याइरहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिरहनुभएको छ । हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको हो । पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, यो सम्भव थिएन भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको छ, नेपाली काँग्रेस संविधान संशोधनको नाममा गरिएको नौटंकी अर्थात प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ । प्रधानमन्त्रीको यस्तो निम्छरो अभिव्यक्तिले यही अराजकतालाई मलबीउ लगाइरहेको छ ।’

सांसद किराँतीले प्रतिगमन, भ्रष्टाचार र बेथितिको बिरुद्धमा शान्तिपूर्ण ढंगले सडकमा प्रदर्शन गर्ने बताएका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?