Trending
>>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने बताउदै जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने र अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर गर्दै उनले जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताए । उनले सबैको रचनात्मक भुमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको बताएका छन्  । आफूले आलोचनालाई स्वागत गर्ने बताउदै  उनले  समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न  र शान्ति प्रक्रिया सफल बनाउन  आह्वान गरेका छन्  ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम शुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताए । न्याय र परिपूरण दिनेकुरामा लाग्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गरे । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको बताएका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?