Trending
>>   पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र >>   अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता >>   विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने >>   म्यानमार भूकम्पः १ हजार भन्दा बढीको मृत्यु >>   अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना >>   तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः काँग्रेस >>   राजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपा अध्यक्ष लिङदेनको चुनौती >>   आज मिति २०८१ साल चैत्र १७ गते आइतबार,हेर्नुहोस् आजको राशिफल >>   रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ? >>   वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला
Logo
१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी दलले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् ।

बैठकमा शुरुमा उठेर माओवादी केन्द्रका सांसदहरुले बिरोध जनाएपछि माओवादीका सांसद गोपीबहादुर सार्कीले कुलमानलाई केही समय मात्र बाँकी रहँदा किन हटाउनुपरेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले कलमान घिसिङले नै लोडसेडिङ अन्त्य गरेको दाबी गर्दै उज्यालो नेपाल बनाउनु भएको बताए । प्रतिपक्ष दलको तर्फबाट उनले सरकारको उक्ता निर्णयको भत्र्सना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने उद्घोष गरेका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलवार नै पदभार ग्रहण गरिसक्नुभएको छ । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुिक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।

माओवादी केन्द्रको बिरोधसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?