Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना


काठमाडौँ। अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ ।

आईतवार बिहान काठमाडौंको माईतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न माग गर्दै धर्ना दिएको हो । उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा लगाइ धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गैरसकारी संस्था महासंघका अध्यक्ष एवं वृहत नागरिक धर्ना अभियानका संयोजक समेत रहेका अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रह गरेका छन् । केही दिनयता देखिएका घटनाहरु घुन पुतली भएको टिप्पणी गर्दै लोकतन्त्रमा लागेको घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्ने बताउदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर गरेका छन् ।

देशभर लोकतन्त्रलाई बलियो बनाउन आह्वान गर्दै अहिलेका घटनामा गम्भीर हुन र जनताको निराशालाई चिर्न सेवा प्रवाहमा सहजता प्रदान गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?