Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

म्यानमार भूकम्पः १ हजार भन्दा बढीको मृत्यु


एजेन्सी। शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठूलो हताहत र क्षति पुर्याएको छ ।

शनिवारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ, २ हजार ३७६ जना घाइते भएका छन् । ३० जना बेपत्ता रहेको देशको राज्य प्रशासन परिषद्को सूचना टोलीले रिपोर्ट गरेको छ । भूकम्पको केन्द्रबिन्दु १५ लाख जनसंख्या भएको देशको दोस्रो ठूलो शहर मण्डलेबाट लगभग २० किलोमिटर टाढा मात्र थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिले सागाइङ क्षेत्र, मण्डले क्षेत्र, म्याग्वे क्षेत्र, शान राज्यको उत्तरपूर्वी भाग, ने पि ताव र बागो क्षेत्रको राजधानीमा आपतकालीन अवस्था घोषणा गर्यो ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?