Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता (तस्विरहरु)


काठमाडौँ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ ।

आईतवार बिहान पुरातत्व विभागले मूर्तिहरुलाई सम्बन्धन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरु काठमाडौंस्थित इटुम्बहालबाट वि सि. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२-१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताएका छन् । उनले अब नेपालबाट मूर्तिहरु चोर्ने कुचेष्ठा गर्न नसक्ने बताउदै विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गर्दै विगतमा यस्ता किसिमका सम्पतीहरु कसरी गए ? भन्दै प्रश्न गरे । अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताउदै मूर्तिहरु प्रतिष्थापनका लागि आफूहरु प्रतिवद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गरेका छन् । स्थानीय सरकारहरु आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गर्दै उनले आस्थाका धरोहरहरु विगतमा हराएका ठाउँमै प्रतिष्थापन गर्न प्रतिवद्ध रहेको बताए ।

अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु तथा कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कुटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?