Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
११ चैत्र २०८२, बुधबार
११ चैत्र २०८२, बुधबार

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने


काठमाडौँ। विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलव्ध गराउने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ ।

नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताएका छन् ।

उनले भने,‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको लागि आधारभुत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायहरूलाई बजार र सेवासम्म पहुँच पुर्याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवद्र्धन गर्न मद्दत गर्छ ।’

विश्व बैंककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्नेछ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?