Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सिंहदरबारमा शीर्ष नेताहरूको छलफलमा, के हाेला पूर्वराजालाई गिरफ्तारबारे निर्णय?


काठमाडौं । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । राजधानी दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यसबारेमा मा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।

यसअघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट हुन सकेन । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै छलफल भएको थियो ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?