Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि प्राप्त गर्न सकिन्छः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।

आईतवार नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ मा सम्पदाति प्रमुख कार्यहरु समेटी तयार पारिुएको सरकारको ९ औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारीका कार्यान्वयन गर्नसके मात्रै मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामुलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । उनले त्यसतर्फ तदारुकताका साथ सरकार लाग्नुपर्नेमा जोड दिंदै नेपालको संविधानको मुल मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

राष्ट्रपति पौडेलले भने, ‘उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामुलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारुकता आवश्यक छ । नेपालको संविधानको मुल मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने देख्दछु । आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वअनुसारका काम, कारबाहीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास छ ।’

राष्ट्रपति पौडेलले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वअनुसारका काम, कारबाहीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?